काठमाडौं । ठुला प्रस्तावलाई लत्याउँदै सर्जियो रामोस बाल्यकालको क्लब सेभिल्लामा फर्किएका छन् । १८ वर्षअघि रियल मड्रिड लागेका रोमास बाल्यकालको क्लब सेभिल्ला फर्किएका छन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका ३७ वर्षका रामोस बजारमा निशुल्क उपलब्ध थिए । उनले सेभिल्लासँग एक वर्षको सम्झौता गरेका छन् ।
‘यो एक विशेष दिन हो । घर फर्कदा एउटा जबरदस्त खुसी प्राप्त हुन्छ ।’ रामोसले भनेका छन् । सेभिल्ला स्पेनिस लिगको पुछारमा रहेको क्लब हो ।
रामोसले स्पेनबाट विश्वकप र युरो कप जितेका छन् । उनले १६ वर्षको समयमा स्पेनबाट १ सय ८० क्याप जितेका छन् । उनले रियल मड्रिडबाट चार च्याम्पियन्स लिगको उपाधि जिते ।
उनले ७ वर्षको उमेरमा सेभिल्लाको एकेडेमीमा आबद्ध भएका थिए । उनले सबै प्रतियोगितामा ५० खेलमा सेभिल्लाको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००५ मा रियल मड्रिडमा आबद्ध भएका थिए ।
रामोसले स्पेनको राजधानीमा १६ सिजन बिताए । उनले रियलबाट ६ सय ७१ क्याप खेल्दै २२ उपाधि समेत जिते । जसमा ५ ला लिगाको उपाधि समेत सामेल छ ।
रियलसँगको सम्झौता सकिएपछि उनी सन् २०२१ मा पीएसजीमा आबद्ध भएका थिए । उनले दुई सिजन पीएसजीमा बिताए ।
पीएसजीमा लिग उपाधि जितेका रामोसलाई युरोपका ठुला क्लब सहित साउदी क्लबको समेत मोटो रकमको प्रस्ताव थियो । तर उनले बाल्यकालको क्लबमा फर्किने निर्णय लिएका हुन् ।