मानव बेचबिखन नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

मानव बेचबिखन विरुद्धको १७औँ राष्ट्रिय दिवसका अवसरमा मन्त्री आचार्यले भने, ‘राज्यको एकल प्रयासले मात्र मानव बेचबिखन नियन्त्रण गर्न नसक्ने भएकाले सरकारलगायत सामाजिक संघ संस्था, गैरसरकारी संघ संस्था तथा निजी क्षेत्रलगायतको भूमिका अहम छ। यस अभियानमा सरकार पूर्णरुपमा सक्रिय रहनाका साथै नियन्त्रणका लागि सम्बन्धित सबै निकायसँग हातेमालो गर्न प्रतिबद्ध छ।’

मन्त्रालयले सरकारको सहयोग र समन्वयनमा पुनः स्थापना केन्द्र सञ्चालन गरी मानव बेचबिखनमा परेका पीडितलाई पुनर्स्थापन गर्नका लागि मनोसामाजिक परामर्श प्रदान गर्ने, तथ्यांक एकीकृत गर्ने, पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, परिवारमा पुनः मिलन गराउने र राष्ट्रिय दिवसका अवसरमा यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत तथा सम्मान गर्ने गर्दै आइएको मन्त्री आर्चायले बताए।

भारतसँगको खुल्ला सिमाना, गरिबी, नागरिकको न्यून सचेतनास्तर, मानव बेचबिखनको बदलिँदो प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिजस्ता कारणले मानव बेचबिखनका समस्या देखिए पनि अपेक्षितरूपमा समाधान हुन नसकेको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर