नेवि संघद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी (नेवि)संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

आज बुधबार विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ ।

बुधबार दिउँसो यादवमाथि खुकुरी प्रहार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर