काठमाडौं १६ का वडाध्यक्ष रिजालको डेंगी संक्रमणबाट निधन

काठमाडौं। काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको हो।

रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-७ का सभापति समेत हुन्। उनी यसअघि पनि काठमाडौं महानगरपालिका–७ बाट वडाध्यक्ष निर्वाचित भएका थिए। महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर