प्रतिनिधिसभा बैठक: कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणबारे सांसदको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

सत्तारुढ दल काँग्रेसका सांसद गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारको जवाफ मागेका छन्। उनले यस्तो अवस्था किन आयो र अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने बताए।

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले उपचारका लागि लगिएकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधन अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरे। उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै दोष दिन नमिल्ने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर