काठमाडौं। राष्ट्रिय सभाको आगामी बैठक स्थगित भएको छ।आज एक सुचना जारी गर्दै आउँदो भदौं २४ गते आइतबार ११ बजेर १ मिनेटमा बस्नेगरी तय गरिएको थियो।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज (शुक्रबार)सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित भएको जनाउनु भएको छ।

