मन्त्रिपरिषद् बैठक: तीन सचिवको सरुवा

काठमाडौँ । मन्त्रिपरिषद्को‍ विहिबारको बैठकले तीन सचिवको सरुवा गरेको छ। आज सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ।

नेपाल कानुन आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको हो।

मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगका फडिन्द्र गौतमलाई बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन पनि गरेको छ। यस्तै सरकारले विभिन्न मन्त्रालयमा ३१० अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर