काठमाडौं। युरोकप २०२४ छनोटअन्तर्गत स्पेनले जर्जियामाथि फराकिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा जर्जियालाई ७–१ गोलको फराकिलो अन्तरले हराउँदै स्पेन विजयी भएको हो।
युरोकप छनोटअन्तर्गत समुह ‘ए’ मा रहेको स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए। यस्तै, ड्यानी ओल्मो, निको विलियम्स र लामिने यामलले एक गोल गर्दा एक गोल आत्मघातीस्वरुप प्राप्त भएको थियो। जर्जियाका चाकभेटाड्जले एक गोल फर्काएका थिए। ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन्।