मेलवर्न । रोयल वेस्टर्न्स क्लबको आयोजना तथा एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा आगामी अक्टोबर १४ र १५ तारीखमा मेलवर्नमा हुन लागेको दोस्रो एक्सपर्ट कप फुटबल प्रतियोगितामा दिइने पुरस्कार विवरण सार्वजनिक गरिएको छ ।
क्लबले आइतवार एक मिडिया रिलिज गर्दै प्रथम हुने समूहले ११ हजार डलर नगद, ट्रफी तथा मेडल प्राप्त गर्ने जानकारी दिइएको हो ।
त्यस्तै रनर अपलाई ४ हजार ५ सय डलर नगद पुरस्कार प्रदान गरिने भएको छ । । प्रतियेगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले पनि आकर्षक पुरस्कार पाउने भएका छन् । प्लेयर अफ द टुर्नामेन्टले ५ सय, बेस्ट गोलकिपरले ३ सय, बेस्ट डिफेन्डरले ३ सय, बेस्ट मिडफिल्डरले ले ३ सय, उच्च स्कोररले ३ सय र म्यान अफ द म्याचलाई २ सय डलर पुरस्कार दिइने भएको भएको क्लबका जनसम्पर्क अधिकृत उज्जवल अधिकारीले जानकारी दिए ।
एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजन रहने प्रतियोगितामा अष्ट्रेलियामा रहेका आप्रवासी नेपाली फुटबल क्लवहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ ।
क्लबले प्रेस रिलिज जारी गर्दै ३५ वर्ष र माथिका खेलाडीहरूको लागि फरेबर योँग कप आयोजना गर्ने समेत घोषणा गरेको छ। उक्त श्रेणीका च्याम्पियनले १५ सय डलर, उपविजेताले १ हजार डलर, उत्कृष्ट खेलाडीलाई ३ सय नगद पुरस्कार प्रदान गरिनेछ।
अधिकारीले धेरै अन्तरराज्यीय र मेलबर्न आधारित टोलीहरूले यस खेलकुद प्रतियोगितामा सहभागि हुने गरी नाम दर्ता गराइसकेको समेत जानकारी दिएका छन् ।
क्लबले यो दोस्रो एक्सपर्ट कप एउटा प्रतियोगिता मात्र नभएर प्रतिभा, र सौहार्दताको उत्सव रहने विश्वास लिएको छ ।