दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलसंग न्युजिल्यान्ड पराजित

काठमाडौं । इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ । आईतबार राती साउथह्याप्टनमा सम्पन्न खेलमा घरेलु टोली ७९ रनले विजयी भएको हो । वर्षाका कारण खेल ३४ ओभरमा छोट्याईएको थियो ।

जितसँगै घरेलु टोलीले चार खेलको ओडिआई सिरिज १-१ को बराबरीमा पुर्याएको छ । इंग्ल्यान्डले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड २६ दशमलब ५ ओभरमा १ सय ४७ रनमा अलआउट भयो ।

न्युजिल्यान्डका लागि ड्यारियल मिचेलले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । विल योंग ३९ बलमा ३३ तथा कप्तान टम लाथमले २२ बलमा १९ रन बनाउँदै आउट भए । दुईबीचको तेस्रो ओडिआई खेल बुधबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय