नेपालगञ्ज। नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एकजना कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन्।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए। सापकोटा बिहान ८ः४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए।

