चलचित्रको नाम अब ‘एक भागवत् र एक गीता’ राखिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक–भगवत् गीता’को विवाद टुंगिएको छ । नामप्रति असन्तुष्टि जनाउँदै चलचित्र विकास बोर्डमा उजुरी दिएका धार्मिक संघसंस्था र निर्माण पक्षबीच आज सहमति भएको हो । चलचित्रको नाम ‘एक भागवत् र एक गीता’ राख्ने सहमति भएको निर्माता सुनीलकुमार थापाले जानकारी दिए ।

“चलचित्रमा दुवै पक्षबीच सहमति भएको छ,” उनले बाह्रखरीसँग भने, “अब एक भागवत् र एक गीता नाम राख्ने सहमति भएको छ । सहमतिसँगै एकले अर्कोलाई सहयोग गर्ने सम्झौता भएको छ ।”

विवाद हुँदा निर्माण पक्षले चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाएको थिएन ।

विश्व हिन्दु महासंघ नेपाल, हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत एक दर्जन संघसंस्थाले नाम र यसभित्र रहेको विषयमा आपत्ति जनाउँदै बोर्डमा निवेदन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय