काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट गाली गरेर आएकाहरू पार्टी जस्तो देखिएको बताएका छन् ।
चार दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले आफूले केही नयाँ गर्न खोजेको बताएका छन् । लाइसेन्स, नागरिकता, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध गर्ने, देशका अनौपचारिक क्षेत्रका श्रमिक लक्षित कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले यो समाजवादको भ्रूण भएको दाबी गरे ।
मिटर ब्याज अन्त्य गर्न कानुन बनाएको, नागरिकताविहीनलाई नागरिकता बाँडिएको, भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी अन्त्यको लागि लागेको उनले बताए ।

