अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली फुटबल टोली म्यानमारसँग पराजित

काठमाण्डाै – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टाेली म्यानमारसँग पराजित भएकाे छ ।

आज साेमवार म्यानमारकाे याङ्गाेनमा रहेकाे थुवुना रङ्गशालामा भएकाे दाेस्राे मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टाेलीसँग १–० गाेलले पराजित भयाे । म्यानमारका लागि विन नाइन तुनले खेलकाे ८६ औँ मिनेटमा गाेल गरे । यसअघि शुक्रवार भएकाे पहिलाे खेलमा दुवै टाेलीले गाेलरहित बराबर खेलेका थिए ।

फिफा वरीयतामा म्यानमार नेपालभन्दा १५ औँ स्थान माथि छ । नेपाल १ सय ७५ औँ स्थानमा छ भने म्यानमार १ सय ६० औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय