एमाले सचिवालय बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखियो

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक सुरु भएको छ। मंगलबार बिहान केन्द्रीय पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको छ।

बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए। बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ ।

उनका अनुसार पार्टीको झण्डा झुकाउने, देशभर श्रद्धाञ्जलीका कार्यक्रमलगायतका विषयमा बैठकले निर्णय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर