सुवास नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित, एमालेले तीन दिनसम्म पार्टी झण्डा आधा झुकाउने

काठमाडौं । नेकपा (एमाले)ले स्वर्गीय उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गरेको छ ।

नेम्वाङको निधनपछि बसेको सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनले पार्टी मात्र नभएर देश नै शोकमग्न भएको एमालेले बताएको छ ।

एमालेले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय एमालेले गरेको छ ।

पार्टी र अन्तर्गतका सबै जनवर्गीय संगठनले तीन दिनसमम सबै औचापरिक कार्यक्रम स्थगित गरेको पनि ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर