नेम्वाङको निधन भएपछि भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सारियो

काठमाडौं । नेकपा एमालेका नेता, प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा बैठक सरेको छ। भोलि बुधबार दिउँसो १ बजे हुने भनिएको पूर्व निर्धारित बैठक अब बिहिबार दिउँसो तीन बजेसम्म चल्ने संसद् सचिवालयले जनाएको छ।

नेम्वाङको मंगलबार बिहान साढे दुई बजे हृदयघातका कारण निधन भएको थियो। बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर