काठमाडौं। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ। रौतहट निवासी विश्वकर्माको जावलाखेलस्थित अल्का अस्पतालमा मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो।
विश्वकर्माको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगरमा राखिने सो पार्टीले जनाएको छ। पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ।

