२७ जना न्यायाधीश नियुक्तको सिफारिस गर्ने न्याय परिषद्को निर्णय

काठमाडौं । न्याय परिषद्को बैठकले २७ न्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीश सिफारिस गरेको हो ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन अयाोगका सचिव श्यामकुमार भट्टराईसहित सर्वोच्च अदालतका सहरजिस्टार नारायणप्रसाद रेग्मी, कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालालाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
]
बैठकले १८ जना जिल्ला न्यायाधीशलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । जसमा राधाकृष्ण उप्रेती, हरिचन्द्र ढुंगाना, धनसिंह महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणी ज्ञवाली, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारीलगायत रहेका छन् ।

बैठकले ६ जना अधिवक्तालाई पनि उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ । जसमध्ये अच्युतम कुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर, अर्जुन महर्जन रहेका छन् ।

]

प्रतिक्रिया

सम्बन्धित खवर