काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच आज भेटवार्ता भएको हो।
भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
साथै सो भेटमा समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री आज साँझ न्यूयोर्क प्रस्थान गर्दै छन्।

