काठमाडौं । एसीसी एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन्।
श्रीलंकाको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ। ६ पटकको विजेता श्रीलंका र ७ पटकको विजेता भारतबीच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो।
भारतले सुपर फोरमा श्रीलंकालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो। २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ रनमा अल आउट भएको थियो। श्रीलंकाले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो।
एसिया कपको फाइनलमा यी दुई टोलीबीच ८ पटक आमने सामने भएका छन्। पाँच पटक भारतले श्रीलंकालाई हराएर उपाधि जितेको छ भने श्रीलंकाले ३ पटक भारतलाई हराएर उपाधि आफ्नो पक्षमा पारेको छ। फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ।