शिक्षा विधेयकका बारेमा छलफल गर्न तयार छौँ: पूर्णबहादुर खड्का

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसद्‌मा दर्ता गरिएको शिक्षा विधेयकका बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । मंगलबार राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्रले धान्न नसक्ने माग र संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्था प्रतिकूल नहुने गरी विधेयकका बारेमा छलफल गर्न सरकार तयार रहेको उनले स्पष्ट पारे । उनले छलफल र सहकार्यबाट सबै कुराको समाधान गर्न सकिने बताए ।

सरकारले शिक्षा क्षेत्रमा रूपान्तरणको आवश्यकता महसुस गरेको उनले बताए । भौतिक पूर्वाधार, पाठ्यक्रम परिमार्जन, अध्ययन/अध्यापनको पद्धतिमा सुधारलगायत प्रयास भइरहेको उनले जानकारी गराए ।

सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको र काम अघि बढाइसकेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर