कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, बैठक लाइभ गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।

अघिल्लो पटक निर्णय गरेरै केन्द्रीय समिति बैठक लाइभ गरेको कांग्रेसले यसपटक भने त्यही अभ्यासलाई निरन्तरता दिन लागेको एक पदाधिकारीले जानकारी दिए ।

धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले लाइभ गर्ने औपचारिक निर्णय भने गरेको छैन । तर, यस अघि लाइभ गरिसकेकाले त्यही अभ्यासको निरन्तरताका रूपमा लाइभ गर्न लागिएको ती पदाधिकारीको भनाइ छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिलेकेहिबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर