क्यानको अध्यक्षमा चन्दसहित तीन पदमा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्दसहित तीन पदमा निर्विरोध निर्वाचित भएका छन्।

शनिबार आज भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेदवार विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन्।

उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदमबहादुर खड्कासमेत निर्विरोध निर्वाचित भए। क्यान शीर्ष ४ मध्ये ३ पद निर्विरोध भएको हो। सचिव र सदस्यमा निर्वाचन हुने भएको छ। सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीच निर्वाचन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर