प्रधानमन्त्रीले गरे इजलरायलमा रहेका विद्यार्थीसँग कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गरेका हुन् ।

संवादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषददेखि सर्वदलीय बैठक बोलाएको बताए ।

विपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर