काठमाडौं । इजरायलमा भएको आतंकवादी हमलामा मृत्यु भएका १० जनाको परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ दिने भएको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो ।
बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

