इजरायलमा मृत्यु भएका १० नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं । इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले आज मंगलबार राष्ट्रिय शोक मनाउँदैछ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित नियोगमामा आधा झण्डा झुकाइनेछ।

बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मंगलबार शोक मनाउने निर्णय भए पनि सार्वजनिक विदा भने नभएको प्रवक्ता शर्माले बताएकी छिन्।

गत शनिबार​हमासले गाजा क्षेत्रबाट इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर