इजरायलबाट स्वदेश फर्किन २ सय जनाले दिए आवेदन

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् ।

आज मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उनले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताए ।

मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ युद्धको अवस्था रहेको बताए । उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको निधन भएको जानकारी गराए ।

४ जनाको उपचार भइरहेको र एकजनाको अवस्था पहिचान नभएको उनको भनाइ छ ।

यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेका हरूलाई बंकरमा राख्ने व्यवस्था गरिएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर