सरकारले परराष्ट्रमन्त्री साउदलाई इजरायल पठाउने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको हो ।

नेपाल आउन चाहने नेपालीलाई लिनका लागि नेपाल एयरलाइन्सबाट परराष्ट्रमन्त्री स्वयम् त्यस जाहजमा चढेर जाने र नेपालीहरूलाई लिएर आउने निर्णय भएकोबैठकपछि कानुनमन्त्री धनराज गुरुङले बताए ।

त्यस्तै, छुट्टै आउन चाहनेहरूको खर्च पनि सरकारले नै बेहोर्ने निर्णय भएको उनले बताए ।

त्यसअघि परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले जानकारी २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर