काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृङ्खला नखेल्ने भएका छन् ।
बिहीबार राति सामाजिक सञ्जालमा लेखेर उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्। उनले यो समयमा आफैँलाई नयाँ जीवन दिन र परिवारसँग समय बिताउन चाहेको बताएका छन् ।
‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु’, उनले भनेका छन्, ‘मैले अहिलेसम्म पाएको शुभकामना र आशीर्वादका लागि धन्यवाद दिन चाहन्छु।’
सन्दीपमाथि एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी छिन्। यो मुद्दा अहिले अदालतमा विचाराधीन छ।