एमालेको मधेस प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल

काठमाडौं । नेकपा एमालेको मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा चन्देश्वर मण्डलको नाममा सहमति जुटेको छ । उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी र मोहम्मद कयसलाई चयन गर्ने सहमति भएको छ ।

एक नेताका अनुसार निर्वाचन प्रक्रियामा गएर उनीहरूले मात्रै उमेदवारी दिने सहमति भएको छ ।

पोलिट्ब्युरो सदस्य सुमन प्याकुरेलले सहमतिमा नेतृत्व चयन हुने बताए । अधिवेशनको बुधबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर