काठमाडौं । कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका हुन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानालाई पनि मन्त्रीको शपथ ग्रहण गराएका छन् । मगर एमाले र राई विद्रोही कांग्रेस हुन् ।
कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्की कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

