कोशी प्रदेशमा मध्यावधि चुनाव रोक्न कांग्रेस विद्रोहीलाई समर्थन गरेको ओलीको दावी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि चुनाव रोक्न कांग्रेस विद्रोहीलाई समर्थन गरेको दावी गरेका छन्।

बिजुवारमा एमाले प्युठानले गरेको अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन्। मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले विद्रोही उम्मेदवारलाई समर्थन गरेको उनले बताए।

उनले भने, ‘कोशी प्रदेशमा मध्यावधिमा जाने अवस्था थियो। हामी मध्यावधिमा पनि जान तयार थियौँ तर एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठूलो खर्च हुन्छ। त्यसबाट जोगाउन समर्थन गरेका हौँ।’ ओलीले अति भएर कोशी प्रदेशमा कांग्रेसका केही सांसदले विद्रोह गरेको दावी पनि गरे।

कोशीमा एमालेको ४०, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछि लागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर विद्रोह भएको भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उनको भनाइ थियो।

ओलीले २०८४ को निर्वाचनमा हरेक वडादेखि केन्द्रसम्म ५० प्लस ल्याउने अभियानसहित अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया

सम्बन्धित खवर