काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये पाँच जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताएका हुन् ।
परराष्ट्रमन्त्री साउदले मृतक अन्य पाँच जनाको भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए । उनले अज्ञात विपिन जोशीको भने खोजी भइरहेको बताए । हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजी भइरहेको बताए ।
परराष्ट्रमन्त्री साउदले सरकारले बेपत्ताको खोजी कार्यलाई तिब्र बनाएको बताए ।

