सुन आज तोलामा एक लाख १३ हजार ७ सय पुग्यो, मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि साउन ४ गते सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसयता यो मूल्यभन्दा तल कारोबार हुँदै आएको थियो ।

बुधबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय