आईसीसी विश्वकपमा आज भारत र बंगलादेश खेल्दै

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश खेल्दै छन् । खेल पुनेमा दिउँसो सवा २ बजे हुनेछ । भारत र न्युजिल्याण्ड जारी प्रतियोगितामा अपराजित छन् । भारतले अहिलेसम्म खेलेका ३ खेलमा तीनै खेल जितेको छ । ६ अंक जोडेको भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै, गएराति अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हराएको न्युजिल्याण्ड शीर्ष स्थानमा छ । अहिलेसम्म चार खेल खेलेकोमा सबै खेल जितेको न्यूजिल्याण्डले ८ अंक जोडेको छ । बंगलादेश भने २ अंकका साथ छैटौँ स्थानमा छ । बंगलादेशले अहिलेसम्म ३ खेलमा एकमा मात्र जित निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय