गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो

काठमाडौं। चीनमा उपचाररत गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। चीनका लागि नेपाली राजदूत विष्णुकुमार श्रेष्ठका अनुसार शुक्रबार बिहान स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको हो।

बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो।छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए।

अस्पताल पुगेलगत्तै उनको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो। जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर