पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा एक घाइते भएका छन् । रानीमहल जाँदै गरेको जीप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धारमा कठिनाइ भएको छ । पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार कठिनाइ भएको छ ।

दुर्घटनामा जिपका चालक भने घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर