गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किए

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान साढे ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

१७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीन गएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।

पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा भएको आकस्मिक शल्यक्रिया र पाँच दिनसम्मको उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेको छ। तर, चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर