काठमाडौं। बारामा बोर्डिङ स्कुलका प्रधानाध्यापकको गोलि हानि हत्या भएको छ। जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सराफको अज्ञात समुहले हानेको गोली लागेर ज्यान गएको हो।
मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि दुई राउन्ड गोली प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गोली लागेका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पु¥याएको केहीबेरमै ज्यान गएको हो।
उहाँको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ। बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सराफमाथि गोली प्रहार भएको हो । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

