काठमाडौं । सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ५०० रुपैयाँ घटेर कारोबार भएको हो ।
आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
तर, चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ४२० रुपैयाँमा कारोबार भएको छ । सोमबार भने चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा करोबार भएको थियो ।