एनआरएनएका अध्यक्ष आरकेसहितका पदाधिकारीहरुमथि कुटपिट

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्मासहितका पदाधिकारीहरु कुटिएका छन्। संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतका अभियान्ताहरुमाथी युवासंघका कार्यकर्ताहरुले कुटपिट गरेका हुन्।

कुटपिटबाट बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको छ।अन्य केहि अभियान्ता घाईते भएका अध्यक्ष आरके शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माले आँफुहरु कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथिआक्रमण गरेको जानकारी दिए । ‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अन्तयन्त निन्दनीय छ’, उनले भने ।

संघकै सभाहलमा अर्का अध्यक्ष बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहितको उपस्थिती कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा घटना भएको हो। घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको छ भने तनावको अवस्था छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर