परराष्ट्रमन्त्री र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारीबीच भेटवार्ता

काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मंगलबार भेटवार्ता गरेका छन् । भेटमा नेपालमा लगानीका विषयमा छलफल भएको छ ।

मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिबारे जानकारी गराउँदै निगममार्फत अमेरिकाको निजी क्षेत्रलाई लगानी बढाउन प्रेरित गर्न आग्रह गरेका थिए ।

निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखेका थिए ।

अमेरिकी सरकारमातहत रहेको उक्त निगमले अहिले ११० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर