कैलाली र कञ्चनपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । कैलाली र कञ्चनपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–६, खैरेनापुरमा सु.प.प्र ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २६ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, अर्जुनी जंगलस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परेको छ । यूके ०३ डी ५९५६ नम्बरको भारतीय मोटरसाइकल मंगलबार राति अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर