काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणामा आज बुधवार पार्टी केन्दिय कार्यालय च्यासलमा आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरु सहभागी भएका थिए ।
यस्तै चियापान कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एकीकृत समाजवादिका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उपस्थित भएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुंगाना, विभिन्न राजनीतिक दलका नेताहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूसहितको बाक्लो उपस्थिति रहेको थियो ।

