शान्ति प्रक्रिया सहमतिका साथ टुंग्याउनुपर्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका साथ टुंग्याउनुपर्ने बताएका छन् । आज पार्टीले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ओलीले शान्ति प्रक्रिया पीडितमैत्री भएर टुंग्याउनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेटवार्ताका क्रममा ओलीले प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन असहज भएको बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि उनले ओलीको नाम लिएका थिएनन् ।

प्रधानमन्त्रीको असन्तुष्टिबारे सञ्चारकर्मीको जिज्ञासामा ओलीले स्पष्ट जवाफ दिएनन् । बरु उनले आज प्रधानमन्त्रीसँगको भेटपछि ‘राम्रै लक्षण’ देखिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर