नेपाल ओमानसँग पराजित

काठमाडौं । रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

नेपाललाई जितका निम्ति अन्तिम ओभरमा २७ रन आवश्यक थियो । अन्तिम ओभर बलिङमा ओमानका बिलाल खान आएका थिए । बिलालले गरेको पहिलो बलमा क्रिजमा रहेका विवेक यादवले छक्का प्रहार गरे । त्यसपछिको बल वाइड हुँदा विवेकले दोस्रो बलमा पनि छक्का नै प्रहार गरे । तेस्रो बलमा पनि विकेटले छक्का प्रहार गरे । तर, चौथो बलमा विवेक क्याच आउट भएपछि नेपाल पुनः दबाबमा आएको थियो ।

पाँचौँ बलमा अभिनाश बोहराले एक रन लिँदै करण केसीलाई ‘स्ट्राइक’ दिएका थिए । अन्तिम बलमा करणले छक्काकै निम्ति प्रहार गरे पनि ‘डाउन दी ग्राउन्ड’ कलिमुल्लाहबाट क्याच भएपछि नेपाल पाँच रनले पराजित भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय