रास्वपाले भोली देशभरका विभिन्न सय ठाउँमा रक्तदान गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोली शनिबार देशभरका विभिन्न सय ठाउँमा रक्तदान गर्ने भएके छ। चाडबाडको समयमा रक्तदानका कार्यक्रम कम हुँदा देशभर देखिएको रगत अभाव पुर्ति गर्न रास्वपाले रक्त दानको कार्यक्रम आयोजना गरेको हो।

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि केन्द्रीय कार्यालय बनस्थलीसहित विभिन्न सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उहाँले भन्नुभयो,‘सय ठाउँमा भोलि रक्तदान गर्ने कार्यक्रम छ। भोलि केन्द्रीय कार्यालय बनस्थलीमा पनि रक्तदान कार्यक्रम छ।’

चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर