काठमाडौं। आईसीसी टी- २० विश्वकप एसिया फाइनल छनोटको फाइनलमा ओमानसँग नेपाल पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले सुपर ओभरमा जित निकालेको हो।
ओमानले सुपर ओभरमा २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन मात्र बनाउन सफल भयो। रोमाञ्चक खेलमा निर्धारित खेलमा दुवै टीमले समान १ सय ८४ रन बनाएका थिए। योसँगै ओमानले उपाधि जितेको छ।
यसअघि एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ओभरमा ९ विकेट गुमाउँदै एक सय ८६ रन बनायो। नेपाल र ओमान यसअघि नै टी-२० विश्वकपमा छनोट भएका छन्।