गुल्मीको फेदीमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति

गुल्मी । गुल्मीमा एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

गुल्मी दरबार गाउँपालिका ७ फेदीमा गएराति टोपबहादुर बस्नेतको किराना पसल राखेको घरमा आगलागी हुँदा दुई वटा मोटरसाइकलसहित पसलका सामान जलेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागी हुँदा नगद दुई लाख रुपैयाँसहित सुन, चामल र लत्ताकपडालगायत गरी ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको हो।

गएराति १२ बजेतिर लागेको आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा चार घण्टापछि निभाइएको थियो । कसरी आगलागी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर